काठमाडौं । पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले विभिन्न ५ मागसहित पशुपति परिसरमा प्रदर्शन गरेको छ ।
समितिले पशुपति क्षेत्र विकास कोषले लागू गरेको गुरुयोजना खारेजीको मागसहित प्रदर्शन गरेको हो ।
पशुपती जस्तो अति संवेदनशील क्षेत्रमा कुनै विचार नै नगरी गुरु योजना ल्याइएको र त्यसले सनातन धर्म र प्राचिन संस्कृती नै नष्ट हुनेगरी ल्याइएको गुरुयोजना हुन नसक्ने उनीहरुको ठहर रहेको छ ।
कृष्णमान श्रेष्ठ र आशामान संगतको संयोजकत्वमा गठित उक्त समितले राखेका माग पूरा नहुने बेलासम्म आन्दोलन नरोकिने बताएका छन् । त्यस्तै उक्त समितिले आइवार र सोमवार साँझ ७ बजेदेखि साँढे ७ बजेसम्म बत्ति निभाएर विरोध गर्ने समेत कार्यक्रम तय गरेका छन् ।
समितिले सोमवार एक विज्ञप्ति जारी गर्दै विभिन्न ५ बुँदे मागहरु समेत राखेका छन् । समितिले पशुपति क्षेत्र विकास कोषद्वारा लागु गर्न लागेको तथाकथित गुरुयोजना खारेज गर्ने, पशुपति क्षेत्र विकास कोष खारेज गरी स्थानीयको नेतृत्वमा नयाँ संरचना निर्माण लगायत ५ बुँदे मागहरु राखेर आन्दोलन चर्काएका हुन्
यस्ता छन् समितिको ५ बुँदे माग :
– पशुपति क्षेत्र विकास कोषद्वारा लागु गर्न लागेको तथाकथित गुरुयोजना खारेज गर ।
–स्थानीयसँग समन्वय, छलफल नगरी एकलौटी ढंगबाट गुरुयोजना बनाउने सदस्य(सचिवलगायत पदाधिकारीहरु राजीनामा दे ।
– पशुपति क्षेत्र विकास कोष खारेज गरी स्थानीयको नेतृत्वमा नयाँ संरचना निर्माण गर ।
– पशुपति क्षेत्र विकास कोषलाई भर्तीकेन्द्र बनाउने खेल तत्काल बन्द गर ।
– तथाकथित भनिएको गुरुयोजनामा समावेश भएका निर्माण कार्य तथा जथाभावी ठेक्कापट्टा तत्काल बन्द गर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया