श्रम स्वीकृतिको काम आजबाट पुनः सुरु

काठमाडौं – श्रम स्वीकृति दिने काम आजबाट पुनः सुरु हुँदैछ ।

वैदेशिक रोजगार विभागकाले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी वैदेशिक रोजगार कार्यालय ताहाचलबाट सेवा प्रदान गर्न लागिएको जनाएको छ ।

कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबारदेखि रोकिएको सेवा स्वास्थ्य मापदण्ड अपनाई पुन शुरु गरिएको हो ।

निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?