कोरोनाको प्रकोप : अमेरिकामा ह्वात्तै बढे कोरोना संक्रमित र मृतक

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ र कोरोना भाइरसका कारण अहिले सम्म विश्वमा १० लाख २७ हजार ४८९ जनाको मृत्यु भएको छ भने ३ करोड ४४ लाख ७० हजार ७७८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २ करोड ५६ हजार ५७ हजार ४७९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६६ हजार ८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख १२ हजार ६६० जनाको मृत्यु भएको छ भने ७४ लाख ९४ हजार ६७१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४७ लाख ३६ हजार ६२१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ लाख ४५ हजार ३९० जना उपचाररत छन् ।

त्यस्तै १४ हजार १९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १५ हजार ९८९ जनाको मृत्यु भएको छ भने ८ लाख २२ हजार ६९३ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा १६ हजार २५१ जनाको मृत्यु भएको छ भने ७ लाख ९० हजार ४६७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा ७ लाख ९ हजार १४४ जनालाई संक्रमण भएको छ भने १४ हजार ४४६जनाको मृत्यु भएको छ ।

अमेरिकामा बिहीवार ४७ हजार ३८९ जनालाई संक्रमण भएको छ भने ९२० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?