यी चर्चित अर्बपतिले गरे कोरोना भ्याक्सीन नलगाउने घोषणा

काठमाडौं । अमेरिकाका चर्चित बिजनेशम्यान एलन मस्कले कोरोनाविरुद्धको भ्याक्सीन बनिसकेपछि पनि नलगाउने घोषणा गरेका छन् ।

फोर्ब्सका अनुसार स्पेसएक्स र टेस्लाका मालिक मस्क अहिले विश्वका ५ औँ धनी व्यक्ति हुन् । भ्याक्सीनलाई लिएर उनले दिएको बयानको धेरै चर्चा भईरहेको छ ।

Elon Musk

मस्कका अनुसार उनलाई कुनै खतरा छैन । उनले कोरोनाका कारण अमेरिकामा गरिएको लकडाउन पनि अनैतिक भएको बताएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?