काठमाडौं । युक्रेनमा शुक्रवार एक दुखद घटना भएको छ ।शुक्रवार त्यहाँ सेनाको विमान दुर्घटना ग्रस्त भएको हो । दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाईते भएका छन् ।
साथै ४ जना बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
अहिले राहत र उद्धार कार्य चलिरहेको छ । विमानमा चालक दलसमेत २८ जना सवार थिए । विमान ल्याण्डिङको समयमा दुर्घटना ग्रस्त भएको थियो ।
ल्याण्डिङको समयमा विमानमा आगो लागेको बताइएको छ।
घटनास्थलमा रहेका कर्मचारीले आगो नियन्त्रणमा लिए पनि ढिसो भएका कारण सफल बन्न सकेन । दुर्घटनाको कारण भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया