काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म ९ लाख ९३ हजार ४१३ जनाको मृत्यु भएको छ भने ३ करोड २७ लाख ५८ हजार ३४० जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ४१ लाख ७१ हजार ८७७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६३ हजार ७८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण २ लाख ८ हजार ४४० जनाको मृत्यु भएको छ भने ७२ लाख ४४ हजार १८४ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ४४ लाख ८० हजार ७१९ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ५५ हजार २५ जना उपचाररत छन् । त्यस्तै १४ हजार १४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकाको क्यालिफोर्नियामा १५ हजार ५३५ जनाको मृत्यु भएको छ भने ८ लाख ४ हजार १७४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा ७ लाख ६६ हजार ४७१ जनालाई संक्रमण भएको छ भने १५ हजार ७२६ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा १३ हजार ९१५ जनाको मृत्यु भएको छ भने ६ लाख ९५ हजार ८८७ जनालाई कोरोना संक्रमण भएको छ ।अमेरिकामा शुक्रवार मात्रै ५३ हजार ६२९ जना संक्रमित थपिएका छन् भने ८९५ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया