कोरोना कहर : भारतमा रोकीएन महामारी, शुक्रवार मात्रै यति धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म ९ लाख ९३ हजार ४१३ जनाको मृत्यु भएको छ भने ३ करोड २७ लाख ५८ हजार ३४० जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ४१ लाख ७१ हजार ८७७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६३ हजार ७८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण ९३ हजार ४१० जनाको मृत्यु भएको छ भने ५९ लाख १ हजार ५७१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४८ लाख ४६ हजार १६८ जना संक्रमण मुक्त भएका छन् भने ९ लाख ६१ हजार ९९३ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा शुक्रवार मात्रै ८५ हजार ४६८ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार ९३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?