बारबर्दिया नगरपालिकामा पाँच दिनका लागि निषेधाज्ञा

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन पाँच दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

शुक्रबार रात्री १२ बजेदेखि १४ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको नगरप्रमुख दुर्गाबहादुर थारुले जानकारी दिए ।

उनले कोरोना सङ्क्रमण नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?