काठमाडौं । नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएका बहराइनका राजकुमार लुक्ला पुगेका छन् । बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खालिफासहित उनको १५ जनाको टोली र तीन जना बेलायती नागरिकको टोली आज लुक्ला पुगेको हो ।
राजकुमारसहितका ५ जना कैलाश हेलिकोप्टरबाट लुक्ला प्रस्थान गरेका थिए ।
टोलीका अन्य सदस्य, गाइड तथा अन्य सहयोगी भने दुई वटा जहाजबाट लुक्ला पुगेका छन् । नेपालमा कोरोना महामारीपछि विदेशबाट हिमाल आरोहण गर्न आएको यो पहिलो टोली हो । उनी गत भदौ ३१ गते नेपाल आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया