काठमाडौं । फ्रान्समा हालसम्म ३१ हजार ३ सय ३८ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार बितेको २४ घण्टामा ५ हजार २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४ लाख ५८ हजार ६१ पुगेको छ । हालसम्म ९१ हजार ५ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमित मध्ये ८ सय २७ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र ५३ जनाको कोरोनाको कारण ज्यान गएको तथ्यांकले देखाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ६६ हजार ८ सय ८४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड १३ लाख ७० हजार ८ सय २३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड २९ लाख ३८ हजार १ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ४ सय ६७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया