काठमाडौं । आइतबारसम्म ३१ देशबाट ७० हजार ५०० बढी नेपाली स्वदेश फर्किएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाइ उडान बन्द भएयता आइतबार सम्म विभिन्न ३१ मुलुकबाट ७० हजार ५९७ नेपाली स्वदेश फर्किएका हुन् ।
फर्किनेमध्ये सबैभन्दा धेरै युएईबाट २० हजार ३९९ जना रहेका छन् भने मलेसियाबाट १० हजार ७५८ जना फर्किएका छन् । यसैगरी साउदी अरेबियाबाट १० हजार ४५१ जना फर्किएका छन् ।
आइतबारमात्रै साउदीको रियादबाट २५९, दमामबाट १४७, चीनबाट २१, दुबईबाट १४३, सिंगापुरबाट २५८, र सारजाहबाट १५५ यात्रु नेपाल फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया