भोलीदेखि आन्तरिक हवाई उडान सञ्चालन, शतप्रतिशत यात्रु राखिने

काठमाडौं । सोमबारदेखि आन्तरिक उडान सञ्चालनमा आउने भएको छ । सरकारले शतप्रतिशत यात्रु नै बोक्न अनुमति दिएसँगै सोमबारदेखि आन्तरिक उडान सञ्चालन हुन लागेको हो ।

यसअघि सरकारले आधा सिट क्षमतामा मात्रै यात्रु बोक्नेगरी असोज १ देखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको भएपनि हवाइ सञ्चालक संघले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने माग राख्दै उडान सञ्चालन गरेका थिएनन् । उनीहरुको माग अनुसार मन्त्रालयले सहमति दिएपछि झण्डै ६ महिनापछि बायुसेवा सञ्चालनमा आउन लागेको हो ।

भोलिदेखि आन्तरिक उडानका लागि सबै तयारी पुरा भएको वायु सेवा सञ्चालक संघका उपाध्यक्ष अनोज रिमालले जानकारी दिए । उडान स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन हुने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?