कोरोनाबाट पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ महिला र एक पुरुषको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट मृत्यु भएकाह मध्ये ६ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

काठमाडौं उपत्यकामा मृत्यु भएका मध्ये काठमाडौंका १ पुरुष र ३ महिला गरि ४ जना, ललितपुरकी १ महिला र भक्तपुरकी एक महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ५ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी वर्ष ४०,६० र ६३ वर्षीया महिला रहेकी छन् भने ८२ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै भक्तपुरकी वर्ष ७२ की महिला र ललितपुरकी वर्ष ७५ की एक महिलाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । आईतवार देशभर १० जनाको मृत्यु भएको छ ।

जसमध्ये धनुषाका ७६ वर्षीय पुरुष, चितवनका ८० वर्षीय पुरुष, रुपन्देशीका ६७ वर्षीय पुरुष र पाल्पाकी ४० वर्षीया महिला रहेकी छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ६ महिला र ४ पुरुष गरि १० जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेका कुल संख्या ४११ पुगेको छ ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार ५८४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जनासहित देशभर ४६९ महिला र ८५६ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ९६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४६ हजार २३३ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७२ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १७ हजार ४७८ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ८ हजार ४०७ जना र संस्थागत आईसोलेसनमा ९ हजार ७१ जना छन् । तिमध्ये १९० जना संक्रमितको आईसियु र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ४५१ जना रहेका छन् । यस्तै काठमाडौंसहित, मोरङ, सुनसरी, सिरहा, मकवानपुर, ललितपुर, भक्तपुर,चितवन र रुपन्देही गरि ९ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, म्याग्दी, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४११ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै १० जनाले ज्यान गुमाएका छन् ।

हिजो शनिवार नेपालमा १ हजार २०४ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ४४७ जना संक्रमणमुक्त भएका थिए भने ११ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?