काठमाडौं । बाग्मती प्रदेशमा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभर थपिएकामध्ये सबैभन्दा बढी काठमाडौंमा ६०२ जना, भक्तपुरमा १०१ जना र ललितपुरमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै आज प्रदेशभर थप ७ जनाको कोरोनाको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ३ महिला र १ पुरुष गरी ४ जना, ललितपुर, चितवन र भक्तपुरमा एक एक गरी ७ जनाको मृत्यु भएको हो ।
कुन जिल्लामा कति थपिए संक्रमित


नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाको कारण थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुने मध्ये ४ जना पुरुष र ६ जना महिला रहेका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतकको दर बढिरहेको छ । हिजो (शनिवार) मात्रै नेपालमा कोरोनाको कारण ११ जनाको मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार आज नेपालमा थप १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजसम्म कुल संक्रमितमध्ये ७२ प्रतिशत अर्थात ४६ हजार २ सय ३३ जना कोरोना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप ९ सय ६६ जना कोरोना उपचारपछि निको भएर फर्किएका छन् । हाल नेपालमा १७ हजार ४ सय ७८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । भने हाल ७ हजार ४ सय ५१ जना क्वारेनटाइनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया