उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा थपिए धेरै कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा सर्वाधिक ६०२ जना रहेका छन् भने ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना रहेका छन् ।

नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाको कारण थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुने मध्ये ४ जना पुरुष र ६ जना महिला रहेका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतकको दर बढिरहेको छ । हिजो (शनिवार) मात्रै नेपालमा कोरोनाको कारण ११ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार आज नेपालमा थप १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजसम्म कुल संक्रमितमध्ये ७२ प्रतिशत अर्थात ४६ हजार २ सय ३३ जना कोरोना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप ९ सय ६६ जना कोरोना उपचारपछि निको भएर फर्किएका छन् । हाल नेपालमा १७ हजार ४ सय ७८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । भने हाल ७ हजार ४ सय ५१ जना क्वारेनटाइनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?