काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ९ सय ६६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४६ हजार २ सय ३३ रहेको छ । कुल संक्रमित मध्ये ७२ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार ५८४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जनासहित देशभर ४६९ महिला र ८५६ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १७ हजार ४७८ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ८ हजार ४०७ जना र संस्थागत आईसोलेसनमा ९ हजार ७१ जना छन् । तिमध्ये १९० जना संक्रमितको आईसियु र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ४५१ जना रहेका छन् । यस्तै काठमाडौंसहित, मोरङ, सुनसरी, सिरहा, मकवानपुर, ललितपुर, भक्तपुर,चितवन र रुपन्देही गरि ९ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार सोलुखुम्बु, म्याग्दी, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४११ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै १० जनाले ज्यान गुमाएका छन् ।
हिजो शनिवार नेपालमा १ हजार २०४ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ४४७ जना संक्रमणमुक्त भएका थिए भने ११ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया