काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ५८ हजार ८ सय ५२ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड ८ लाख ६९ हजार १ सय ९९ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड २४ लाख ६९ हजार ७ सय ५२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ४ सय ८० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा २ लाख ३ हजार ४ सय ८३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २० हजार ९ सय ४७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६९ लाख ४६ हजार ८ सय ८८ पुगेको छ । हालसम्म ४२ लाख १ हजार २ सय ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार १ सय ९४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय १२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८६ हजार २ सय ५ पुगेको छ । बितेको २४ घण्टामा ६१ हजार ८ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५३ लाख ६७ हजार ३ सय ६१ पुगेको छ । हालसम्म ४२ लाख ६५ हजार ७ सय ६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ५ सय ८० जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ५ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४५ लाख ३ हजार २ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ३६ हजार ३५ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३७ लाख ८९ हजार १ सय ३९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ७८ जनाको ज्यान गएको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १९ हजार ३ सय ३९ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार ६५ जनामा कोरोना पुष्टि भएको र १ सय ४४ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ९७ हजार २ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ९ लाख ६ हजार ४ सय ६२ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा हालसम्म पेरुमा ३१ हजार २ सय ८३ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ७ लाख ५६ हजार ४ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ६ लाख ७ सय ९५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ४९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
मेक्सिकोमा बितेको २४ घण्टामा ४ हजार ८ सय ४१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ लाख ८८ हजार ९ सय ५४ पुगेको छ । हालसम्म कोरोनाको कारण ७२ हजार ८ सय ३ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ६ सय २४ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ४ लाख ९२ हजार १ सय ५९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये २ हजार ६ सय ५७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
फ्रान्समा पछिल्लो २४ घण्टामा थप १३ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४ लाख ४२ हजार १ सय ९४ जना पुगेको छ । हालसम्म फ्रान्समा ३१ हजार २ सय ७४ जनाको कोरोनाको कारण ज्यान गएको र हालसम्म ९१ हजार ५ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाको कारण ज्यान गएको र संक्रमितमध्ये ८ सय २७ जनाको अवस्था गम्भीर रहेको छ । फान्समा कोरोना संक्रमण पुष्टि हुनेको तुलनामा डिस्चार्ज हुनेको दर कम हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया