कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।  यो कुल संक्रमितमध्ये ० दशमलव ६४ प्रतिशत हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कुल संक्रमितको ७२ प्रतिशत अर्थात ४५ हजार २ सय ६७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार ४ सय ४७ जना कोरोना मुक्त भएका हुन् । हाल देशभर १७ हजार १ सय २९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने हाल ७ हजार ७ सय ३५ जना क्वारेन्टाइनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?