शुक्रवार काठमाडौं उपत्यकाका तीन जिल्लामा थपिए ८ सय भन्दा बढी कोरोना संक्रमित

काठमाडौं । पछल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकैपटक ८५९ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये ६९८ जना काठमाडौंका रहेका छन् भने ललितपुरका ७९ र भक्तपुरका ८२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रे २१६ महिला र ४८२ जना पुरुष गरि ६९८ जना, भक्तपुरमा ४८ जना महिला र ३४ जना पुरुष गरि ८२ र ललितपुरमा ३२ जना महिला र ४७ जना पुुरुष गरि ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।

जसमा काठमाडौंमा एक महिला र एक पुरुष गरि २ जना, ललितपुरमा १ महिला र भक्तपुरमा १ जना पुरुष रहेका छन् ।

काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुष, त्यस्तै ललितपुरमा ६६ वर्षीया महिला र भक्तपुरमा ८२ वर्षीय पुरुष रहेका छन् ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार ४५८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनासहित देशभर ६३९ महिला र १ हजार ३८१ जना पुरुष संक्रमित थप्एिका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ८७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १७ हजार ३८३ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ८ हजार ८८ जना र संस्थागत आईसोलेसनमा ९ हजार २९५ जना छन् । तिमध्ये १७३ जना संक्रमितको आईसियु र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ७३६ जना रहेका छन् । यस्तै काठमाडौंसहित, मोरङ, सुनसरी, मकवानपुर, ललितपुर, भक्तपुर,चितवन, रुपन्देहीर सिराहा गरि ९ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३९० जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ७ जनाले ज्यान गुमाएका छन् ।

हिजो बिहीवार नेपालमा १ हजार २४६ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार २४३ जना संक्रमणमुक्त भएका थिए भने ४ जनाको मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?