काठमाडौं । काठमाडौं जिल्लामा पछिल्लो २४ घण्टामा थप ६९८ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकामा थपिएका ८५९ जना कोरोना संक्रमित मध्ये ६९८ जना कोरोना संक्रमित काठमाडौं जिल्लाका रहेका छन् ।
यसैबीच बितेको २४ घण्टामा नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार ४५८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनासहित देशभर ६३९ महिला र १ हजार ३८१ जना पुरुष संक्रमित थप्एिका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप ८७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १७ हजार ३८३ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ८ हजार ८८ जना र संस्थागत आईसोलेसनमा ९ हजार २९५ जना छन् । तिमध्ये १७३ जना संक्रमितको आईसियु र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ७३६ जना रहेका छन् । यस्तै काठमाडौंसहित, मोरङ, सुनसरी, मकवानपुर, ललितपुर, भक्तपुर,चितवन, रुपन्देहीर सिराहा गरि ९ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३९० जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ७ जनाले ज्यान गुमाएका छन् ।
हिजो बिहीवार नेपालमा १ हजार २४६ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार २४३ जना संक्रमणमुक्त भएका थिए भने ४ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया