काठमाडौं । वैज्ञानिकहरुले कोरोनालाई निस्क्रिय बनाउने उपचार विधी पत्ता लगाएको बताइएको छन् । युनिभर्सिटी अफ पिटर्सवर्ग स्कुल अफ मेडिसिनकाका वैज्ञानिकहरुले सार्स–कोभ २ भाइरस निस्क्रिय बनाउने निकै सानो बायोलोजिकल कण विश्वविद्यालयमा आइसोलेटेड गरेको दावी गरिएको छ ।
यो एन्टीबडीको तत्व पूर्ण आकारको एन्टीबडीभन्दा १० गुणा सानो छ र एबी ८ नाम औषधी बनाउन यसको प्रयोग गरिएको छ । वैज्ञानिकहले सेल नामक जर्नलमा प्रकाशित गरेको रिपोर्टमार्फत यो जानकारी बाहिर आएको हो ।
सार्स–कोभ–२ को संभावित रोकथामका लागि यो औषधीलाई महत्वका साथ हेरिएको छ । रिपोर्टमा उल्लेख भएअनुसार परीक्षणका दौरान मुसा र ह्याम्स्टर्समा सार्स–कोभ २ रोकथाम र उपचारका लागि यो औषधी निकै प्रभावकारी देखियो । रिपोर्टका अनुसार यो औषधी मानव शरीरमा नरहने भएकाले यसको नकारात्मक असर पनि पर्नेछैन ।
‘एबी ८ कोभिड १९ को उपचारका लागि मात्रै होइन मानिसहरुलाई सार्स–कोभ २ बाट संक्रमण गराउन पनि काम लाग्नेछ,’ सहलेखक जोन मेल्लोर्सले भनेका छन्,‘ ठूलो आकारका एन्टीबडीहरुले अन्य संक्रामक रोगका लागि काम गरेका छन् र त्यसलाई सहन पनि सकिएको पनि छ, जसले हामीलाई यो आशा दिएको छ कि यो औषधी कोभिड–१९ बिरामीहरुका लागि प्रभाकारी हुनसक्छ । त्यस्तै कहिल्यै संक्रमित नभएका र यसविरुद्ध प्रतिरोधी नरहेका मानिसहरुको रक्षार्थ पनि यो महत्वपूर्ण हुनसक्छ ।’
रिपोर्टमा उल्लेख भएअनुसार युनिभर्सिटी अफ टेक्सास मेडिकल ब्रान्च सेन्टर फर बायो डिफेन्स एन्ड इमर्जिङ डिजिजेस र गालभेस्टन नेशनल ल्याबोरेटरीको टोलीले एबी ८ को परीक्षण गर्दा यस औषधीले सेल्समा भाइरस प्रवेश गर्न रोकेको पाइएको समाचारमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया