काठमाडौं । डा गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लाबाट अनसन शुरु गरेका छन् ।
लामो समयदेखि नेपालमा चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा केसीको यो १९ औँ अनसन हो ।
डा केसीले जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरबाट १९ औं सत्याग्रह शुरु गरेका हुन् ।
अनसन शुरु गर्दै डा केसीले नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता गर्न समेत माग राखेका छन् ।
साथै आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका मागहरु समेत डा केसीले अघि सारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया