कोरोना संक्रमितको संख्या शुन्य रहेका यी ७ जिल्ला

काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ७ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका ७ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।

कोरोना संक्रमितको संख्या शुन्य रहेका जिल्लाहरु

  • सोलुखुम्बु
  • मनाङ
  • मुस्ताङ
  • डोल्पा
  • हुम्ला
  • मुगु
  • म्याग्दी

यस्तै, बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार १६५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ समेत गरी ३६५ जना महिला र ६७४ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप १ हजार १७३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । यो कुल संक्रमितको ७१.५ प्रतिशत हो । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १५ हजार ११७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ७ हजार ३८७ जना र संस्थागत आईसोलेसनमा ७ हजार ७३० जना छन् । तिमध्ये १६९ जना संक्रमितको आईसियु र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ५३६ जना रहेका छन् । यस्तै काठमाडौंसहित, मोरङ, सुनसरी, सर्लाही, चितवन, ,भक्तपुर, ललितपुर र रुपन्देही गरि ८ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३४५ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ९ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?