काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार १६५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ समेत गरी ३६५ जना महिला र ६७४ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार नेपालका ८ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ८ जिल्ला
- काठमाडौं
- ललितपुर
- भक्तपुर
- चितवन
- सर्लाही
- रुपन्देही
- सुनसरी
- मोरङ
यस्तै बितेको २४ घण्टामा थप १ हजार १७३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । यो कुल संक्रमितको ७१.५ प्रतिशत हो । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १५ हजार ११७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ७ हजार ३८७ जना र संस्थागत आईसोलेसनमा ७ हजार ७३० जना छन् । तिमध्ये १६९ जना संक्रमितको आईसियु र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ५३६ जना रहेका छन् । डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ,मुस्ताङ, म्याग्दी,डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३४५ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ९ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया