जगदम्बा स्टील्स र मंगला सिमेन्ट कारबाहीमा

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले दुई उद्योगलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा जगदम्बा स्टील्स प्रालि बारा र मंगला सिमेन्ट उद्योग प्रालि धादिङ रहेका छन् ।

दुवै उद्योगबाट उत्पादित बस्तुहरु नेपाल गुणस्तर अनुरुप नभएकाले कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

विभागका अनुसार जगदम्बाको संकलित नमुनामा कार्टुनको मान अधिकतम शुन्य दशमलव ३० प्रतिशत हुनुपर्नेमा शुन्य दशमलव ३५ प्रतिशत भएको र सल्फरको मान अधिकतम शुन्य दशमलव शुन्य ५५ हुनुपर्नेमा शुन्य दशमलव शुन्य ६० भएकाले गुणस्तर मापदण्ड विपरित भएको विभागले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?