कोरोनाबाट मृत्यु भएकाहरुको हिसाबमा नेपाल विश्वको कति औँ स्थानमा ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले सारा विश्वमा ९ लाख ७ हजार ९१९ जनाको मृत्यु भएको छ भने २ करोड ८० लाख १९ हजार ७७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै २ करोड ९५ हजार ९५२ जना संक्रमण मुक्त भएको छ भने विश्वमा ६० हजार ५३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरसकाकारण ६१५ जनाको मृत्यु भएको छ भने ४ हजार ९२८ जना संक्रमित थपिएका छन् ।

विश्वमा अहिले ७० लाख १५ हजार ९०० जना उपचाररत छन् । यसैबीच कोरोनाबाट मृत्यु हुनेहरुको हिसाबमा नेपाल विश्वको ८० औँ स्थानमा रहेको छ ।

नेपालमा अहिलेसम्म कोरोनाबाट ३१२ जनाको मृत्यु भएको छ भने ४९ हजार २१९ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ३३ हजार ८८२ जना संक्रमण मुक्त भएका छन् भने १५ हजार २५ जना उपचाररत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?