विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइका लागि दोस्रोपटक आह्वान गरिएको टेन्डर रद्द हुने भएको छ ।
ई–पासपोर्ट छाप्नका लागि परेको प्रस्तावको प्राविधिक मूल्यांकन गर्न गठित समितिले ठेक्का रद्द गर्नुपर्ने आशयको प्रतिवेदन राहदानी विभागका महानिर्देशक रामकाजी खड्कालाई बुझाउने तयारी गरेको छ ।
‘समितिले एक–दुई दिनभित्रै आफ्नो प्रतिवेदन राहदानी विभागका महानिर्देशकलाई बुझाउनेछ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘ठेक्कामा सहभागी चारवटै कम्पनीको कागजात राम्रो नभएको कारणसहित ठेक्का रद्द गर्न सिफारिस गर्न लागिएको हो ।’
कागजातलाई कारण देखाएर ठेक्का रद्द गर्ने तयारी भए पनि अन्तर्यमा भने ठेक्कामा सहभागी कम्पनीका नेपालस्थित स्थानीय एजेन्टको आपसी रिसइबी मुख्य कारण हो ।
विभागले २० लाख प्रति ई–पासपोर्ट छपाइका लागि गत फागुन १९ मा टेन्डर आह्वान गरेको थियो । टेन्डर प्रक्रियामा फ्रान्स, अमेरिका, जर्मनी र चिनियाँसहित चार कम्पनीले भाग लिएका थिए ।कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया