काठमाडौं – नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ बाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मत्रालयका अनुसार बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या ३ सय पुगेको हो ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा नेपालमा ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
आज पीसीआर विधिबाट ९ हजार २ सय १८ परीक्षण भएको छ । आजसम्म देशभरी संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।
आज देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ जना रहेको छ ।
संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ३१, प्रदेश नम्बर २ मा ४ सय ८२, बागमती प्रदेशमा ४ हजार ८ सय ४० र गण्डकी प्रदेशमा ८ सय ३६ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश ५ मा १ हजार ९७, कर्णाली प्रदेशमा ३ सय ३६ र सुदूरपश्चिम प्रदेशमा ७ सय ४७ गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना संक्रमित उपचाररत रहेका छन् ।
यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ९०, प्रदेश नम्बर २ मा ३ हजार, बाग्मती प्रदेशमा २ हजार ३ सय ३४ र गण्डकी प्रदेशमा १ सय जना रहेका छन् । यस्तै प्रदेश ५ मा ८ सय ७, कर्णाली प्रदेशमा ४० र सुदूरपश्चिम प्रदेशमा ज्ञसय १९ जना गरी देशभरी होम आइसालेसनमा ७ हजार १ सय ९० जना संक्रमित उपचाररत रहेका छन् ।
आज आइसियुमा १ सय ७१ जना संक्रमित उपचाररत रहेका छन् ।
यस्तै भेन्टिलेटरमा २० जना संक्रमित उपचाररत रहेका छन् ।
आज १ हजार ७ सय ३६ जना संक्रमित डिस्चार्ज भएका घर फर्किएका छन् ।
प्रदेश नम्बर १ मा २ हजार ६ सय ७९, प्रदेश नम्बर २ मा ८ हजार ७ सय ९७, बागमती प्रदेशमा ४ हजार १ सय ५० र गण्डकी प्रदेशमा १ हजार ८ सय ४१ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश ५ मा ५ हजार ४ सय ८१, कर्णाली प्रदेशमा २ हजार ३ सय ४९ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ३ सय ८० गरी देशभरी ३० हजार ६ सय ७७ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
आज क्वारेन्टाईनमा ४ हजार ७ सय ३९ जना रहेका छन् ।
स्वास्थ्य मन्त्रालयको यो विवरण हेर्नुहोस् :
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/09/details-file.pdf” title=”details file”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया