काठमाडौं उपत्यकामा थपिए ३२६ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २९३ जना, ललितपुरमा २० जना र भक्तपुरमा १३ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या पुगेको छ ।

त्यस्तै हालसम्म कुल संक्रमितमध्ये ६५ प्रतिशत अर्थात ३० हजार ६ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका हुन् । पछिल्लो २४ घण्टामा मात्रै थप १ हजार ७ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?