काठमाडौं । सरकारले युरिया मल खरिदका लागि सम्झौता बमोजिम आयात नगर्ने २ कम्पनीलाई कारबाही गर्ने भएको छ । सरकारले मल आयातका लागि सैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल प्रालिसँग सम्झौता गरेको थियो ।
गत अप्रिल २४ र २७ मा २५ हजार मेट्रिय टन युरिया मल आयातका लागि गरिएको सम्झौता अनुसार दुवै कम्पनीले तोकिएको समयमा मल ल्याउन नसकेको भन्दै कारबाही गरिने भएको हो । सम्झौता अनुसार भदौ २० भित्र मल ल्याउन भनिएको थियो ।
मल आयातका लागि दुबै सप्लायर्सले १२ मे मा नेपाल इन्भेस्टमेन्ट बैंक र सिद्धार्थ बैंकमा प्रतिकपत्र समेत खोलेका थिए ।
त्यस्तै, प्रतितपत्र खोलेको मितिले पहिलो सिपमेन्ट ४२ दिन र दोस्रो सिपमेन्ट ७२ दिनभित्र गरी सम्पूर्ण सामान भदौ ७ भित्रै सिपमेन्ट भैसक्नु पर्ने प्रावधान रहेको थियो । तर उनीहरुकै अनुरोधमा २५ दिन म्याद थप गरिएकोमा सो मितिमा पनि सिपमेन्ट हुन सकेन ।
‘सम्पूर्ण सामान डेलिभरी गरी सक्नुपर्ने म्याद ५ सेम्टेम्बर अर्थात भदौ २० सम्म मरहेकामा सो मितिमा समेत कम्पनीले पटक पटक ताकेता गरी माग गरेको भेसल नोमिनेसन, भेसलको नाम उपलब्ध नगराएको र सामान सिपमेन्ट हुने वा भएको कुनै वस्तुगत एवम् विश्वसनीय तथ्य प्रमाणहरु प्राप्त नभएकाले मिति २०७७–०५–२१ गतेको निर्णयअनुसार निज सप्तालर्यहरुले यस कम्पनीको नाममा राखेको कार्यसम्पादन जमानत जफत गरी सम्झौता रद्ध गरिएको छ’, केन्द्रले कृषि मन्त्रालयलाई जानकारी गराएको पत्रमा भनिएको छ ।
प्रचललित कानुन अनुसार सप्तालर्यसँग क्षतिपूर्ति दावी गरिने केन्द्रले जनाएको छ । साथै ती कम्नपीलाई कानुनी राय लिएर कालो सूचीमा राख्ने प्रक्रिया अघि समेत बढाइने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया