काठमाडौं, २३ फागुन । बलिउडकी चाँदनी श्रीदेवीको दुबईको होटलमा हृदयघातको कारण मृत्यु भएपछि उनको परिवार सहित पूरै देश चिन्तित छ । श्रीदेवीको अस्थियालाई बानी कपूरले आफ्नो छोरीसँग रामेश्वरमा गएर प्रवाहित गरेर कर्म काण्ड पूरा गरेका छन् ।
तर श्रीदेवीको परिवार बाहेक एक यस्ता मानिस छन् जो श्रीदेवीको लागि श्राद्ध गर्दैछन् । उनले श्रीदेवीलाई आफ्नो पत्नी मान्ने गर्छन् । श्रीदेवीको मृत्यु भएकोमा उनलाई सबैभन्दा बढी चोट पुगेको छ ।
श्रीदेवीको नाममा कर्मकाण्ड गर्ने को हुन् यी व्यक्ति ओमप्रकाश मेहरा । जो मध्य प्रदेशको श्यापुरमा बस्छन् । ओमप्रकाश मेहरा श्रीदेवीलाई आफ्नो श्रीमती मान्छन् । श्रीदेवीको मृत्युको कुराले सबैभन्दा बढी उनलाई नै झट्का लागेको छ ।
बोनी कपुरले श्रीदेवीसँग विवाह गरेका थिए । त्यतीबेला देखी ओमप्रकाश मेहराले पनि श्रीदेवीलाई आफ्नो पत्नी मानेका थिए । श्रीदेवीको मायामा पागल ओम प्रकाशले सन् २००२ मा ओमप्रकाश मेहराले वोटर लिस्टमा अपनी पत्नीको नाम श्रीदेवी दर्ज गरेका थिए । ओमप्रकाश मेहराले बताए सन् १९८९ मा हायर सेकेण्डरीमा पढ्ने गथ्र्यौ त्यती बेला देखि श्रीदेवीको फ्यान हुँ ।
श्रीदेवीको मृत्युको समचार पाएका ओमप्रकाशले खानापीन सबै छाडेका थिए । श्रीदेवीको मृत्युले आहत ओमप्रकाश मेहराले आफ्नो गाउँमा ददुनिमा श्रद्धाञ्जलीसभाको आयोजना गरेका छन् । उनले आफ्नो मुण्डन गरेर श्रीदेवीको फोटोमा फूल माला चढाए जहाँ पूरै गाउँका मानिस सामिल भएका थिए । ओमप्रकाशले मनमनै श्रीदेवीलाई आफ्नो पत्नी मानेका थिए जसले गर्दा उनले अहिलेसम्म विवाह गरेका छनै ।
ओमप्रकाशका साथिले बताए कि, ओमप्रकाश मेहरा श्रीदेवीलाई एकदमै माया गर्थे, उनले श्रीदेवीलाई मनमनै आफ्नो पत्नी मानिसकेका थिए । ओमप्रकाशले सात जन्मसम्म श्रीदेवीसँग विवाहकोलागि पखर्ने छन् उनका साथिहरुले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया