नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २८ हजार नाघ्यो, कुन प्रदेशमा कति ? (विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ हजार ८ सय १४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २८ हजार ९ सय ४१ जना रहेका छन् ।

कुल संक्रमित मध्ये ६३ प्रतिशत संक्मित कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा २४५८जना

प्रदेश २ मा ८१२७ जना

वाग्मती प्रदेश ३६५९ जना

गण्डकी प्रदेशमा १८०५ जना

प्रदेश ५ मा ५३५५ जना

कर्णाली प्रदेशमा २२७९ जना

सुदूरपश्चिम प्रदेशमा ५२५८जना

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २८९ जनाको मृत्यु भएको छ । नेपालमा आज (आईतवार) ९८० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको छ ।

प्रवक्ता गौतमले नेपालमा बितेको २४ घण्टामा ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?