मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । सिरहा चोहर्वा सडक खण्डमा भएको मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिरहाको नरहा गाउँपालिका वडा नं. ५ बलुबा टोल नजिकको सडकमा बिग्रिएर रोकि राखेको ज १ त ४३२९ नंम्बरको ट्र्याक्टरमा अन टेस्ट मोटरसाईकलले ठक्कर दिदा मोटरसाईकलमा सवार सिरहा नगरपालिका ५ का १९ वार्षिय अम्लेश महतो र २१ बर्षिय सुनिल सदाको उपचारको क्रममा लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलाय सिरहाले जनाएको छ ।
मृत्यु भएका दुबैजनको शब पोस्टमाटमका लागि लहान अस्पतालमा राखिएको छ भने दुर्घटनामा परि गम्भिर घाइते १९ वार्षिय मिथिलेश सदाको लाहानमा उपचार सम्भव नभएपछि थप उपचरारको लागि बिराटनगर लगिएको छ ।

मोटरसाईकल मा तीन जना सवार भएको बुझिएको छ । सडक छेउमा ईटा लोड गरी बिग्रीएर रोकि राखिएको ट्रयाक्टरमा तीव ग्रतिमा चलाएको मोटरसाईकलले ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीको भनाई छ।घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलाय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?