काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ७६ हजार ७० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ६६ लाख ५० हजार ३ सय ३८ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ७ लाख ७९ हजार ८ सय ९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ८ सय ५९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९१ हजार ४ सय ५० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २२ हजार ४ सय ३२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६३ लाख ५७ हजार ६ सय ७६ पुगेको छ ।
हालसम्म ३५ लाख ८३ हजार २ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ४२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ९२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया