सन्दीप आबद्ध जमैका तलावाज र सेन्ट किट्स एन्ड प्याट्रियट्सले एक-एक अंक

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध टोली जमैका तलावाज र सेन्ट किट्स एन्ड प्याट्रियट्सबीच गएराति भएको खेल वर्षाका कारण स्थगित भएको छ ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा वर्षाका कारण खेल नतिजा विहिन भएपछि दुबै टोलीले समान एक–एक अंक बाँडेका छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट किट्सले ५ ओभर ४ बलमा ४६ रन बनाएको थियो । त्यहि समयमा वर्षाले खेल रोकिएको थियो । वर्षाका कारण खेल पटक पटक शुरु हुन नसक्दा दुबै टोलीले एक–एक अंक बाँडेका हुन् ।

योसँगै सेन्ट किट्स एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ । उसले यस अघिका ९ खेलमा सात हार, एक जित र एक बराबरी नतिजा ल्याएको छ ।

यस्तै जमैकाले ८ खेलमा चार हार, तीन जित र एक बारबरीको नतिजा सहित सात अंक जोडेको छ । जारी सिजनमा जमैका चौथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?