कुन प्रदेशमा कति जना संक्रमण मुक्त ? (विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ९ सय १७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २४ हजार २ सय ७ रहेका छन् ।

कुल संक्रमित मध्ये ५६ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा २००१ जना

प्रदेश २ मा ६४७१ जना

वाग्मती प्रदेश १५९९ जना

गण्डकी प्रदेशमा१७१७ जना

प्रदेश ५ मा ५२७६ जना

कर्णाली प्रदेशमा २१३७ जना

सुदूरपश्चिम प्रदेशमा ५००६ जना

नेपालमा आज (बिहीवार) थप १ हजार २२८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८७७ पुगेको छ ।

प्रवक्ता गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २५७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?