महामारीको समयमा रगत अभाव हुन नदिन समाजसेवी कुँवरको आयोजनामा रक्तदान कार्यक्रम

काठमाडौं । समाजसेवी एवम चक्रपथ सरसफाई अभियानका अभियान्ता तारा बाहादुर कुँवरको आयोजनामा राजधानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

हप्ताको एकदिन ‘रक्तदान जीवन दान’ भन्ने नारासहित बुधवार राजधानीको सितापाइलामा भएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए ।

कोरोना महामारीको बेला रगतको अभाव देखिएका बेला यस्ता कार्यक्रमले ठुलो सहयोग पुग्ने कुँवरले बताए ।

त्यस्तै अहिले कोरोनाको विषम परिस्थिति रहिरहेकोले नेपालका हस्पिटलहरु रगतको अभाव खड्किएकोले रक्तदान कार्यक्रमलाई अभियानको रुपमा चलाउने उनले बताए ।

नेपाल हेभिईक्युमेन्ट महासंघका अध्यक्ष समेत रहेका कुँवरले लकडाउनका कारण समस्यामा परेका धेरै मानिसहरुलाई रातह वितरण गरिसकेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?