काठमाडौं । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा आत्महत्या गरेकी एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिबास ३ गौरीडाँडामा बुधबार आत्महत्या गरेकी स्थानीय ८७ वर्षीया महिलामा कोरोना संक्रमणको रिपोर्ट आएको जानकारी दिए ।
ती महिलाको यही भदौ १५ गते कोरोना परीक्षण गरिएको थियो । मृत्युपश्चात् उनी कोरोना संक्रमण रहेको रिपोर्ट आएको नगरप्रमुख कार्कीले बताए । यसअघि मृतक महिलाको घरका अन्य तीन जना सदस्यमा भदौ ११ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया