निषेधाज्ञामा विकास निर्माणका व्यवसाय सञ्चालन गर्न दिने निर्णयप्रति आपत्ती

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधीमा दिउँसो २ बजेदेखि साँझ ९ बजेसम्म विकास निर्माणका पसलहरु सञ्चालन गर्न पाइने कुराप्रति उपत्यका नगरपालिका फोरम फोरमले आपत्ती जनाएको छ । त्यसरी पसल तथा व्यवसाय सञ्चालन गर्न दिनाले निषेधाज्ञाको अर्थ र उपदेयता नरहेको समेत उपत्यका नगरपालिका फोरमले जनाएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गएराति १२ बजेबाट थप एक हप्ताको लागि तेस्रो चरणको निषेधाज्ञा जारी गरेका छन् ।

अघिल्लो पटकको भन्दा यस पटक निषेधाज्ञामा विभिन्न क्रियाकलापको लागि केही खुकुलो बनाइएको छ । बिहान ९ बजेसम्म आवश्यक तरकारी लगायतका दैनिक उपभोग्य वस्तुको खरिदबिक्री गरिसक्नुपर्नेमा हाल बिहान ११ बजेसम्मको लागि बढाइएको छ । त्यसबाहेकका अन्य कुराहरुमा सुधार गर्नको लागि समेत फोरमले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?