रुपन्देहीमा एकै दिन तीन जनाको मृत्यु, जोखिम बढ्दै

काठमाडौं । रुपन्देहीमा एकै दिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीका दुई अस्पतालमा उपचारत तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो।

भैरहवाको भीम अस्पतालमा बुटवल उपमहानगरपालिका वडा नंं ६ सब्जीमण्डीका कोरोना संक्रमित ५७ बर्षीय पुरुषको मृत्यु भएको छ । मृतक पुरुष मुटुको रोगी भएको अस्पतालकी मेडिकल सुपरिटण्डेन्ट डा. सकुन्तला गुप्ताले जानकारी दिइन । आइसियुमा उपचाररत उनले दिउँसो आइसियुमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई बुटवलको कोरोना बिशेष अस्पतालबाट यहि १५ गते भैरहवाको भीम अस्पताल पुर्याइएको थियो । भीम अस्पपतालमा आज बिहान पनि नवलपरासी पश्चिम राग्राम ५ की एक ६५ वर्षीय महिलाको मृत्यु भएको थियो ।

त्यस्तै, कपिलवस्तुकी कृष्णनगरी ६० वर्षिया अर्की महिलाको बुटवलको कोरोना अस्पतालमा मृत्यु भएको थियो । रुपन्देहीमा कोरोना संक्रमित संख्याबृद्धिसगै मृत्युदर पनि बृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?