नेपालमा कोरोना संक्रमित नभएका जिल्लाको संख्या ७ पुग्यो, ४१ हजार नाघे संक्रमित

काठमाडौं । नेपालको ७७ जिल्लामध्ये हाल ७ जिल्लामा कोरोना संक्रमित छैनन् । ७ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

हाल कोरोना संक्रमित नभएका ७ जिल्ला

  • मुस्ताङ
  • हुम्ला
  • मुगु
  • डोल्पा
  • सोलुखुम्बु
  • भोजपुर
  • ताप्लेजुङ

नेपालमा आज (बुधवार) थप १ हजार १२० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ६४९ पुगेको छ ।

प्रवक्ता गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २५१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?