काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ७ सय ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २२ हजार १ सय ७८ जना पुगेको छ ।
कुल संक्रमित मध्ये ५५ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा १६२५ जना
प्रदेश २ मा ५३९७ जना
वाग्मती प्रदेश १३३६ जना
गण्डकी प्रदेशमा १७०८ जना
प्रदेश ५ मा ५०२३ जना
कर्णाली प्रदेशमा २१०१ जना
सुदूरपश्चिम प्रदेशमा ४९८८ जना
त्यस्तै, नेपालमा आज (मंगलवार) थप १ हजार ६९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४० हजार ५२९ पुगेको छ ।
प्रवक्ता गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २३९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया