२३ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ

कैलाली । कैलालीमा २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

२३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपलिका-७ बस्ने २८ वर्षीय श्रीराम चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

गत असार २४ गते चौधरीले ती महिलालाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?