पुजारीको हत्यामा संलग्न २ जना पक्राउ

रौतहट । प्रदेश २को रौतहटका पुजारी श्रीराम शाहको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका–१ घर भएका राम नरेश पटेल र सोही ठाउँका बालकुमार पटेल रहेका छन् ।

भारत बिहारको पुर्वी चम्पारण मोतिहारी ढाकाथाना क्षेत्रबाट भारतिय प्रहरीको सहयोगमा नेपाल प्रहरीले उनिहरुलाई पक्रेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?