काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ५ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २१ हजार ४ सय १० रहेको छ ।
कुल संक्रमित मध्ये ५४ प्रतिशत संक्रमित संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा १५७० जना
प्रदेश २ मा ४८५३ जना
वाग्मती प्रदेशमा १३२८ जना
गण्डकी प्रदेशमा १७०८ जना
प्रदेश ५ मा ४९३० जना
कर्णाली प्रदेशमा २०८३ जना
सुदूरपश्चिम प्रदेशमा ४९३८ जना
नेपालमा आज (सोमवार) थप ८९९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको छ ।
प्रवक्ता गौतमले नेपालमा बितेको २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २२८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया