काठमाडौं । बालाजुमा रहेको जनमैत्री अस्पताल आजबाट सञ्चालनमा आएको छ । लामो समयदेखि बन्द रहेको अस्पताललाई सरकारले कोभिड अस्पताल घोषणा गरेसँगै आजबाट सुचारु गरिएको हो ।
काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढिरहेको अवस्थामा काठमाडौं महानगर वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालले बन्द रहेको जनमैत्रीलाई कोभिड अस्पतालको रुपमा स्थापना गर्नका लागि लामो समयदेखि पहल गरेका थिए ।

कोभिड अस्पतालको रुपमा सुचारु भएसँगै आज अस्पतालमा सेवा दिन आएका डाक्टर,नर्स लगायत अन्य कर्मचारीहरुलाई वडाअध्यक्ष रिजालले पुष्पगुच्छा दिएर स्वागत गरेका छन् ।

देशभर कोरोना संक्रमणको जोखिम बढिरहेको अवस्थामा देशको राजधानी काठमाडौंमा समेत बिरामी राख्ने अस्पतालको कमी देखिन थालेको छ । वैकल्पिक व्यवस्थापनको लागि सरकारले अन्य ठाउँहरु खोजिरहेको अवस्थामा वडा अध्यक्ष रिजालले ३ सय शैयाको उक्त जनमैत्रीमा कोभिड अस्पताल बनाउनको लागि महानगरपालिका र सरकारको निरन्तर ध्यानाकर्षण गराएका थिए । त्यसै अनुसार सरकारले गत भदौ १२ गते जनमैत्रीलाई कोभिड अस्पतालको रुपमा घोषणा गरेको थियो ।

वर्षौदेखि बन्द रहेको अस्पताललाई कोरोना महामारीको अवस्थामा सञ्चालनमा ल्याउन सहयोग गर्ने सबैलाई वडाअध्यक्ष रिजालले धन्यवाद समेत व्यक्त गरेका छन् ।
यो पनि
बन्द रहेको जनमैत्री अस्पताल खुल्ने, कोभिड अस्पतालको रुपमा विकास गर्ने निर्णय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया