स्वयंसेवी अभियान नेपालले गर्‍यो कोरोना रोकथाम तथा जनचेतना अभिवृद्धि कार्यक्रम

काठमाडौं । नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि धेरै संघ सस्थाहरुले जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । त्यो मध्ये एक हो स्वयंसेवी अभियान नेपाल । संस्थाको “कोरोना संक्रमण रोकथाममा एक्यवद्धता नियमित हात धुने र सामाजिक दूरी कायम गर्ने हाम्रो प्रतिवद्धता “भन्ने मूल नाराका साथ संस्थाले विभिन्न जिल्लामा जनचेतना जगाइरहेको छ ।

“कोरोना रोकथाम सहभागितामूलक जनचेतना र क्षमता अभिवृद्धि कार्यक्रम” अन्तर्गत संस्थाले गत असार ९ गतेबाट शुरु भएको उक्त अभियान अन्तर्गत हालसम्म संस्थाले ६४ ओटा कार्यक्रमहरु गरिसकेको छ ।

संस्थाले काठमाडौंको ग्रामीण भेग अन्तर्गत तारकेश्वर नगरपालिकाको काभ्रेस्थली, जितपुरफेदी लगायत र भ्याली बाहिर ओखरढुंगाको सिद्धिचरण नगरपालिका लगायतका ठाउँहरुमा अभियान सञ्चालन गरिसकेको छ । दैनीक जसो ३०/३५ जनाले सेवा लिइरहेको उक्त अभियान अन्तर्गत हालसम्म १ हजार ९ सय ११ जनाले लाभ लिइसकेका छन् । साथै ओखलढुंगाका २७ जना महिलाहरुलाई सरसफाई तथा हात धुने तालिम समेत दिइएको संस्थाका अध्यक्ष भुपी घिमिरेले लोकपथलाई बताए ।

विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्ड अनुसार संस्थाले आम मानिसहरुलाई हात धुन सिकाउने, कोरोनाबाट कसरी बच्ने र बचाउने, मास्कको प्रयोग तथा सामाजिक दूरी कायम गर्ने गराउनेबारे जनचेतना फैलाइएको छ । घिमिरेले भने ।

कार्यक्रमबाट प्रत्यक्षरुपमा धेरैले फाइदा उठाएको उनको ठहर रहेको छ । भने कार्यक्रमपछि मानिसहरुले मास्कको प्रयोग गरेको, सामाजिक दूरी कायम गरेको र समाजमा एक किसिमको सकारात्मक सन्देश गएको उनको दावी रहेको छ ।

अभियानका क्रममा डा. लक्ष्मी लगायत अन्य ३ जना स्टाफको सहयोगमा अभियान सफल भएको हो । अभियानमा विभिन्न स्थानमा स्यानिटाइजर मास्क पन्जा वितरण गरिएको थियो ।

स्वयंसेवी अभियान नेपालले २०७२ सालमा आएको महाभूकम्पमा पनि पुननिर्माणका काम र तार्केश्वर नगरपालिकालाई खुला दिशापिसाव मुक्त क्षेत्र घोषणा गर्न ठुलो भूमिका निभाएको थियो । र महिला सशक्तिकरण र युवाहरुको उन्नयन र विकासको लागि समेत काम गर्दै आइरहेको छ ।

 

https://www.facebook.com/Bhupi.VIN/videos/10158640447073556/?t=9

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?