१७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने चार जना पक्राउ

काठमाडौं । कैलाली जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जानकी–९ खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेका इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनले पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई आइतबार पक्राउ गरेको बताए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?