काठमाडौं । काठमाडौंमा आइसोलेसन केन्द्र निर्माणको तयारीका वारेमा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोलीले प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएको छ ।
वागमती प्रदेशका ११ वटा जिल्लामा आइसोलेसन केन्द्र तथा क्वारेन्टाइनको व्यवस्थापन गरेको वागमती प्रदेश सरकारले काठमाडौं र ललितपुरमा पनि आइसोलेसन केन्द्र स्थापना गर्ने तयारीका लागि नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य कृष्ण राई ,नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ ,प्रदेस सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. भिम कार्कीलाई जिम्मेवारी दिइएको थियो।
मंगलबार नेपाल सरकारका स्वास्थ्य मन्त्रि भानुभक्त ढकाल सहितको उपस्थितिमा काठमाडौं जमलको होटल यल्लो प्यागोडामा आयोजना भएको छलफलले काठमाडौंमा छ हजार आइसोलेसन बेड तयार गर्ने जिम्मेवारी पाएको सो टोलीले काठमाडौंका विभिन्न स्थानमा आइसोलेसन केन्द्र स्थापनाका लागि निरीक्षण गरेको थियो ।
काठमाडौंमा आइसोलेसन केन्द्र स्थापनाका गरिएका तयारीका वारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउदै मुख्यमन्त्री पौडेलले त्यसमा रहेका केहि प्राविधिक जटिलता समाधानका लागि अनुरोध गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया