काठमाडौं । देशभर कोरोनाभाइरसको महामारी भइरहेको बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोह्रश्राद्ध अर्थात् पितृपूजन कार्य वैकल्पिक तरिकाले गर्न नगरबासीलाई आग्रह गरेको छ । सोह्रश्राद्ध अर्थात् पितृपूजन यस वर्ष भदौ १७ गतेबाट शुरु हुँदैछ ।
कोरोना सङ्क्रमणको महामारी रोक्न नगरपालिकाले यथासक्य भर्चूअल माध्यमबाट सोह्र श्राद्ध गर्न नगरबासीलाई अपिल गरेको हो ।
नगरपालिका कार्यकारी प्रशासकिय अधिकृत माधव प्रसाद शर्माले एक प्रेश विज्ञप्ती जारी गर्दे विभिन्न स्थानमा पुरोहितमा समेत कोरोना संक्रमण भेटिएको र सोह्र श्राद्धमा एक जना पुरोहित एक दिनमैं धेरै ठाउँ जाने प्रचलन रहेकोले सकेसम्म वैकल्पिक विधि अपनाउन आग्रह गरिएको छ ।
प्रत्येक वर्ष आश्विन कृष्ण पितृ पक्षमा गरिने नगरपालिकाले सूचना जारी गर्दै सोह्रश्राद्ध कार्यमा आफन्त, छरछिमेकी, इष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्यहरू मात्रै सामेल हुने व्यवस्था मिलाउन पनि सबैमा आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया